Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एक सातापछि हट्यो नेपालगञ्जको कर्फ्‍यु र निषेधाज्ञा

    एक सातापछि हट्यो नेपालगञ्जको कर्फ्‍यु र निषेधाज्ञा

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 774
    SHARES

    नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा लगाइएको कर्फ्‍यु र निषेधाज्ञा पूर्ण रुपमा हटाएको छ ।

    मंगलबार बिहान ४ बजेदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्‍यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जनाएको छ ।



    विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्‍य रहेको हुँदा मिति २०८०/६/२३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्‍यु र निषेधाज्ञा हटाइएको छ ।’



    नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो।

    गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो।

    साथै कुनै अमुक व्‍यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्‍भावमा खलल पुर्‍याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार