Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेसपा र माओवादीबीचको एकता भाँडियो, नौ बुँदे प्रस्तावलाई माओवादी लत्याएको निष्कर्ष

काठमाडौं । नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रसँगको एकता भाडिएको छ ।

माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दाउपेचको राजनीतिमा लागेकाले पार्टी एकताका लागि भइरहेको वार्ताको औचित्य सकिएको नेपाल समाजवादी पार्टीले निष्कर्ष निकालेको हो ।

अध्यक्ष बाबुराम भट्टराईले प्रेस वक्तव्य जारी गर्दै पार्टी एकताका लागि माओवादी केन्द्रलाई नेसपाले पठाएको नौ बुँदे प्रस्तावलाई उसले लत्याएको जनाएको छ ।

नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रचण्ड प्रवृत्तिका कारण पार्टी एकताका लागि भइरहेको सबै काम रोक्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077