Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेसमा विपक्षीभन्दा आफ्नै नेताको आलोचना गर्ने क्रम बढ्यो : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा आलोचना र विरोध गर्ने क्रम बढेको बताएका छन् । शुक्रबार चितवनमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विपक्षीको भन्दा पनि आफ्नै आलोचना र विरोध गर्ने क्रम बढेको बताए । व्यक्तिगत स्वतन्त्रताको कारण अनावश्यक विषयमा पनि अभिव्यक्ति दिने क्रम बढेको उनको भनाई छ ।

अर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले कांग्रेस ठूलो पार्टी र विस्तारित परिवार भएको बताए ।

विस्तारित परिवारमा समस्या आउने, प्रश्न उठ्ने, एकअर्काप्रति असन्तुष्टि उत्पन्न हुने विषय नौलो नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077