Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

६० किलो सुन प्रकरण : २५ जना आरोपीलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६० किलो सुन प्रकरणमा पक्राउ परेकाहरुमध्ये २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेकामध्ये भन्सार एजेन्ट रुकमिना सुब्बालाई भने ५ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो । जसमध्ये ३ जना फरार छन् । उनीहरुको प्रहरीले खोजीकार्य गरिरहेको छ ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट 'ब्रेक शु'सहितको सुन बरामद गरेको थियो। १९ दिन विभागले अनुसन्धान गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077