Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्थमन्त्री महतको दाबी - अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैछ

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सही बाटोमा रहेकाले विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र सुधारको बाटो रहेकाले नआत्तिन आग्रह गरे ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा महतले अघिल्लो सरकारको जथाभावी खर्च गर्ने प्रवृत्तिका कारण अर्थतन्त्रमा समस्या आएको र यसलाई नियन्त्रण गर्न सरकार लागि परेको बताए ।

अर्थमन्त्री डा महतले सामाजिक सञ्जालमार्फत नेपालको अर्थतन्त्रको विषयमा नियोजितरूपमा गलत प्रचार गरिएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077