Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

भन्सार छली ल्याएको २७ क्विन्टल चिनी बरामद

नवलपरासी। प्रहरीले भारतबाट भन्सार छली ल्याएको २७ क्विन्टल चिनी बरामद गरेको छ ।

प्रहरीले परासीस्थित भैंसी बजारबाट चिनी बरामद गरेको हो । २७ क्विन्टल चिनी ५७ वटा बोरामा रहेको छ ।

चिनी बरामद भएको र चेकिङमा रहेको प्रहरी देखेपछि गाडीका चालकले पीकअप भ्यान छोडेर फरार रहेको प्रहरीले जनाएको छ ।

बरामद भएको १ लाख १९ हजारको चिनी भैरहवा भन्सार पठाइएको छ । चिनी आज बिहान करिब ४ बजे बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077