Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपालको आर्थिक समृद्धिमा केपी ओलीले ब्रेक लगाए : घनश्याम भूसाल

नवलपरासी । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नेपालीको आर्थिक समृद्धिको चाहनामा एमाले अध्यक्ष केपी ओलीले ब्रेक लगाएको बताएका छन् ।

एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियानअन्तर्गत कावासोतीमा आयोजित सभामा बोल्दै महासचिव भूसालले यस्तो बताएका हुन् ।

महासचिव भूसालले एमाले अध्यक्ष ओलीले हनुमान बोकर अध्योध्या खोज्दै हिँडेका कारण कम्युनिस्ट आन्दोलन ध्वस्त बनाएको आरोप लगाए ।

महासचिव भूसालले हनुमान बोकेर हिँडने र धेरैपल्ट जनताबाट निर्वाचित संसद् भंग गरेर नेपालीको आर्थिक समृद्धिको चाहना एमाले अध्यक्ष ओलीले ब्रेक लगाएको भूसालको दाबी छ ।

जनतालाई कुनै प्रतिफल नदिने भ्यू टावर निर्माण गर्ने र नेपाललाई आवश्यक नै नपर्ने पानी जहाजको सपना बाँडेर एमालेको मूल एजेन्डा बिर्सिंदै हिँडेपछि एमाले ध्वस्त भएको उनले आरो लगाए ।

गैरराजनैतिक कामका कारण आफूहरू जस्ता मार्क्सवादी एमालेमा टिक्नै नसक्ने परिस्थिति आज पनि उस्तै रहेको भूसालको भनाइ छ ।

कम्युनिस्ट आन्दोलन र समाजवादको मर्मविपरीत ओलीले हुनमान बोकेर हिँडेकै दिन एमालेको भविष्य अन्धकारमा जकडिएको भूसालले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077