Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिबद्धता आउँछ लगानी आउँदैन

    प्रतिबद्धता आउँछ लगानी आउँदैन

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 423
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ । विदेशी लगानीकर्ताले नेपालमाका लागि गरेको प्रतिबद्धताभन्दा न्यून लगानी मात्र आउने गरेको हो ।

    पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा विदेशी लगानी प्रतिबद्धताको करिब ४४ प्रतिशत मात्र नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विदेशी लगानीकर्ताले २ खर्ब १ अर्ब २९ करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।



    सो अवधिमा ८८ अर्ब २० करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । पाँच वर्षको तथ्यांकलाई आधार बनाएर विश्लेषण गर्दा प्रतिबद्धताको करिब ४३.८० प्रतिशत मात्र विदेशी लगानी नेपाल भित्रिएको देखिन्छ ।



    विदेशी लगानीकर्ताले कबोल गरेको भन्दा निकै कम मात्र लगानी आउने गरेको पूर्वउद्योग सचिव चन्द्रकुमार घिमिरेले बताए । ‘सरकारी पक्षबाट पर्याप्त लगानी सहजीकरण नगरेपछि लगानीकर्ता हच्किन्छन्,’ घिमिरेले भने, ‘विदेशी लगानी ल्याउन नीतिगत सुधार र पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्छ ।’

    घिमिरेका अनुसार विदेशी लगानीकर्ताले सडक, विद्युत्, जग्गा प्राप्तिलगायत प्रक्रिया झन्झटिला छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानीकर्ताले नेपालमा ५० अर्ब १८ करोड लगानी गर्ने प्रतिबद्धता जनाए । सो आर्थिक वर्षमा विदेशबाट १८ अर्ब ८ करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रियो । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार