Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समृद्धिका लागि समाजवादको बाटो जरुरी छ : झलनाथ खनाल

भैरहवा । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले समृद्धि र विकासका लागि समाजवादको बाटो जरुरी रहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानका क्रममा भैरहवा पुगेका नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले ०६२/०६३ को जनआन्दोलनपश्चात बनेका कुनैपनि सरकारले जनताको समस्यालाई सम्बोधन गर्न नसकेको समेत बताए । नेता खनालले मुलुकको समृद्धि र सुशासन समाजवादले मात्र गर्ने दाबी गरे।

नेता खनालले भने,‘मुलुकको समृद्धिका लागि अब समाजवादीको बाटोमा जाने कि यथास्थिति पुँजीवादकै बाटोमा रहने ? भन्ने दुईवटा मात्र विकल्प हाम्रासामु छन् । समाजवादको पक्षमा जनचेतना जगाउन र जनतालाई जागरित बनाउन यो अभियान सञ्चालन गरिएको हो ।’

मुलुक आर्थिक संकटग्रस्त अवस्थामा रहेको, जनतामा विभेद शोषण व्याप्त रहेको, राष्ट्रियतामाथिको संकट झन्‌झन् बढ्दै जान थालेको र मुलुक युवाविहीन बन्ने खतरा बढेको उनले बताए ।

पटकपटक शासन व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको आम गुनासो जनतामा सर्वत्र रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077