Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • समृद्धिका लागि समाजवादको बाटो जरुरी छ : झलनाथ खनाल

    समृद्धिका लागि समाजवादको बाटो जरुरी छ : झलनाथ खनाल

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 480
    SHARES

    भैरहवा । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले समृद्धि र विकासका लागि समाजवादको बाटो जरुरी रहेको बताएका छन् ।

    पार्टीले सञ्चालन गरेको मेची–महाकाली अभियानका क्रममा भैरहवा पुगेका नेता खनालले यस्तो बताएका हुन् ।



    नेता खनालले ०६२/०६३ को जनआन्दोलनपश्चात बनेका कुनैपनि सरकारले जनताको समस्यालाई सम्बोधन गर्न नसकेको समेत बताए । नेता खनालले मुलुकको समृद्धि र सुशासन समाजवादले मात्र गर्ने दाबी गरे।



    नेता खनालले भने,‘मुलुकको समृद्धिका लागि अब समाजवादीको बाटोमा जाने कि यथास्थिति पुँजीवादकै बाटोमा रहने ? भन्ने दुईवटा मात्र विकल्प हाम्रासामु छन् । समाजवादको पक्षमा जनचेतना जगाउन र जनतालाई जागरित बनाउन यो अभियान सञ्चालन गरिएको हो ।’

    मुलुक आर्थिक संकटग्रस्त अवस्थामा रहेको, जनतामा विभेद शोषण व्याप्त रहेको, राष्ट्रियतामाथिको संकट झन्‌झन् बढ्दै जान थालेको र मुलुक युवाविहीन बन्ने खतरा बढेको उनले बताए ।

    पटकपटक शासन व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको आम गुनासो जनतामा सर्वत्र रहेको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार