Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले नागरिकलाई भन्दा पनि बिचौलियालाई मात्र संरक्षण गर्र्‍यो : झलनाथ खनाल

बुटवल । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरेका छन् ।

पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियानका क्रममा आइतबार रुपन्देहीको भैरहवामा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले अहिलेको व्यवस्थामा जुनसुकै दलको सरकार बने पनि जनताको पक्षमा काम गर्न नसक्ने बताए । नेता खनालले अहिलेको पुँजीवादी व्यवस्थामा तीन तहका सरकारले जनताले राहत अनुभूति गर्ने खालका काम गर्न नसकेको बताए

। नेता खनालले भने,‘पुँजीवादी शासन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न सकेको छैन ।अब समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरण आवश्यकता रहेको छ।’

पुँजीवादी व्यवस्थाले आम नागरिकलाई भन्दा बिचौलिया, दलाल तथा पुँजीवादीलाई मात्र संरक्षण गरेको खनालको आरोप छ ।

व्यवस्था फेरिए पनि जनताको जीवनस्तर र अवस्था नफेरिएको बताउँदै अब यही पुँजीवादी व्यवस्थामै रहने कि समाजवादी व्यवस्थामा जाने भन्ने विषयमा व्यापक बहस चलाउनुपर्ने नेता खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077