Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भेपमा सुन तस्करी प्रकरण : महरा पुत्र राहुलसहित ३ जनामाथि मुद्दा चलाउन सिफारिस

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय चुरोट भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणको अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ।

सीआईबीले भन्सारसम्बन्धी कसुर र संगठित अपराधमा राय प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमार्फत सीआईबीले चिनियाँ नागरिक दावा जिनसहितका व्यक्तिहरूलाई अभियुक्त बनाएको छ ।

​सीआईबीले भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ । उनका छोरा राहुल सहित तीन जना विरुद्ध भने मुद्दा चलाउन सिफारिस गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा रोकिएको भेप छुटाउन महरा बाबुछोराले दबाब दिएको आरोप लागेको थियो । सीआईबीले बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सीआईबीले भदौ १३ गते पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेको थियो । ​

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान भेप बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077