Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • समाजमा दलाल पूँजीवाद हावी भयो, मुलुकबाट भ्रष्टचार अन्त्य हुन सक्दैन : झलनाथ खनाल

    समाजमा दलाल पूँजीवाद हावी भयो, मुलुकबाट भ्रष्टचार अन्त्य हुन सक्दैन : झलनाथ खनाल

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 486
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

    पार्टीको समाजवादी जागरण अभियानअन्र्तगत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।



    उनले सुशासन र भ्रष्टाचारविरुद्ध सरकारले अभियान सुरु गरेपछि विभिन्न प्रकरणहरु बीचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताए ।



    सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभएर भरियामात्रै समातिएको जिकिर गर्दै उनले समाजमा दलाल पूँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार