Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • सम्बोधन गर्दा गर्दै ओलीलाई कार्यकर्ताको प्रश्न – भीम रावल खोई ?, जवाफ – चुप लागेर बसौं

    सम्बोधन गर्दा गर्दै ओलीलाई कार्यकर्ताको प्रश्न – भीम रावल खोई ?, जवाफ – चुप लागेर बसौं

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 1.6K
    SHARES

    कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको छ । आइतबार धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा कार्यकर्ताले रावलको खोजी गरेका हुन् ।

    ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै बेला पछाडिबाट केही युवाहरुले भीम रावल खोई ? भन्दै प्रश्न गरेका थिए । तर ओलीले ‘चुप लागेर बसौं त साथीहरू’ भन्दै जवाफ फर्काए । त्यसपछि उनले थप नबोली अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए ।



    त्यस बेला उनी गत निर्वाचनमा एमालेलाई घेराबन्दी गरिएको तथा नेकपाकालमा आफूलाई साधारण सदस्यबाट पनि निकालिएको चर्चा गर्दै थिए । ‘त्यस्तो हमलाका बीच पार्टी सिध्याउँछौं भनेर लागेका बेलामा, पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट पनि निकाल्यौं भन्ने कस्तो…,’ उनी बोल्दै थिए।

    एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएपछि उनका समर्थकले खोजी गरेका थिए । ३० साउनमा पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच वार्ता भएको थियो । त्यसपछि रावल गृह जिल्ला अछाममै सक्रिय रहेका छन् ।

    प्रदेश अधिवेशनमा भने उनलाई आमन्त्रण गरिएको थिएन । तर नेता रावल निकट समूहले भने प्रदेशको नेतृत्वका लागि दाबी गर्ने बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार