Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय विश्वकप : अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

    एकदिवसीय विश्वकप : अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 909
    SHARES

    काठमाडौं । भारतले आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाविरुद्ध ६ विकेटको जित निकालेको छ ।

    आइतबार चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा विराट कोहली र केएल राहुलको धैर्यपूर्ण ब्याटिङप्रेरित भारतले जित निकालेको हो ।



    खेलमा विराट र राहुलको जोडी जम्दा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको लक्ष्य भारतले ४२.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रनको योगफल खडा गरेको थियो ।



    योपटक भारत, अस्ट्रेलियासँगै इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार