Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकीर्तिमानी आरोही तेन्जेन तिब्बतको शिसापाङ हिमपहिरोमा बेपत्ता

    विश्वकीर्तिमानी आरोही तेन्जेन तिब्बतको शिसापाङ हिमपहिरोमा बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 708
    SHARES

    काठमाडौं । हिमाल आरोही गाइड तेन्जेन शेर्पा (लामा) चीनको तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् ।

    निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही शेर्पा असोज २० गरे करिब १ बजे गएको हिमपहिरोमा परी अमेरिकी नागरिक जिना मारिय रजुसिडलोसहित बेपत्ता भएका हुन् ।



    नेपाली पथप्रदर्शक तेन्जेन र नर्वेकी महिला आरोहीले गत साउनमा विश्वकै दोस्रो अग्लो (८,६११ मिटर) हिमाल सम्पन्न गरेसँगै विश्व रेकर्ड कायम गरेका थिए ।



    सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा जारी विज्ञप्ति पनि तेन्जेन हिम पहिरोमा परि बेपत्ता भएको जनाइएको छ ।

    अर्का नेपाली आरोही मिङ्मार शेर्पा र अमेरिकी आरोही आना गुटुको उक्त हिमपहिरोमा परी असोज २० गते मृत्यु भएको पर्यटन मन्त्रालयले जनाएको छ। यसैगरी कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामिरिता शेर्पा घाइते भएको मन्त्रालयले विज्ञप्तिमार्फत् उल्लेख गरेको छ।

    नेपाली पथप्रदर्शक तेन्जेन शेर्पा (लामा) र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलाले ९२ दिनमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।

    त्यसअघि उक्त किर्तिमान निर्मल पुर्जाको नाममा थियो। उनले १८९ दिनमा यो कीर्तिमान बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार