Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउन प्रभु साहको माग

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले इजरायलमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउन माग गरेका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

अध्यक्ष साहले परराष्ट्रमन्त्री एनपी साउदलाई अप्ठेरो अवस्थामा काम गर्न नसक्ने राजदूतलाई फिर्ता बोलाउन आग्रह गरे ।

अध्यक्ष साहले इजरायलमा रहेको नेपाली दूतावासले प्रभाकारी ढङ्गले काम गर्न नसकेको समेत बताए ।

उनले दूतावासले घटना हुनुभन्दा अगाडिको अवस्थामा पनि नेपालीहरू कुन स्थानमा, कस्तो अवस्थामा छन् त्यस्ता कुराहरूमा दूतावास चनाखो हुनुपर्नेमा जोड दिँदै दक्ष व्यक्तिलाई मात्र राजदूत नियुक्त गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077