Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

‘भेप’मा सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौं । सरकारी वकिलको कार्यालयले पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको अनुसन्धान प्रतिवेदन अनुसार आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिन लागेको हो ।

प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो सीआइबीमै फिर्ता पठाएको अनुसन्धान प्रतिवेदन थप बयान लिएर हिजो आएकाले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने सरकारी वकिलको कार्यालयले जनाएको छ।

गत शुक्रबार सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन निर्देशनसहित फिर्ता गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार राहुल महरासहितका प्रतिवादीलाई थप बयान गराउन निर्देशन गरेको र थप बयान लिएर पुन प्रतिवेदन हिजो फिर्ता आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077