Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भन्सार छलेर ल्याइएको १२ लाखको कपडा बरामद

नवलपरासी । प्रहरीले भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद गरेको छ।

नवलपरासीको सराव गाउँपालिका-७ बुलन्दपुरबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको हो।

भन्सार छलेर कपडा ल्याउँदै गरेकाहरू प्रहरीलाई देखेर कपडा फालेर भागेका थिए।

उक्त कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने तयारी गरिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेशपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077