Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भेपमा सुन तस्करी गर्ने चार जनाविरुद्ध ८ करोड बिगो कायम (पूर्णपाठ)

काठमाडौं । विद्युतीय सिगरेट (भेप)मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गराएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार पूर्वसभामुख कृष्णबहादुरका छोरा राहुल महरासहित ४ जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।

आपराधिक विश्वासघात र भन्सार छलीको कसुरसमेत गरेको अभियोग पत्रमा उल्लेख छ ।

मुद्दामा पूर्वसभामुख महराका छोरा राहुल, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरूबाट ७३० थान भेपबाट ९ केजी ११ दशमलब ५२४ ग्राम परिमाणको सुन तस्करी गरिएको ठहरसहित ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077