Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणप्रति झलनाथको आपत्ति

    नेपाली भूमिमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणप्रति झलनाथको आपत्ति

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 660
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभाग विरुद्धको अर्को ठाडो अतिक्रमण भएको बताएका छन् ।

    नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको अप्रत्याशित भ्रमणले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन भएको बताएका हुन् ।



    नेता खनालले भने, ‘असोज २५ गते बिहीबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका १ कुटी गाउँको जोलिङकाङ हेलिब्याडमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए । त्यतिमात्र होइन उनीहरुले कुटी गाउँ स्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे । यो आफैंमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ ।’



    कुटी, नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भूभाग रहेको इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध रहेको उल्लेख गरेका छन् । नेता खनालले भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो कि थिएन ? भन्दै प्रश्न समेत गरे ।

    खनालले संसदभित्र आवाज उठ्दासमेत कुनै राजनीतिक दलले आवाज नउठाएको भन्दै वर्तमान गठबन्धन सरकारबाट आफ्नो पार्टीले उल्लेखित प्रश्नहरुको जवाफ चाहेको समेत बताए ।

    भारतीय प्रधानमन्त्री मोदीले केही दिनअघि सुदूरपश्चिमको दार्चुला जिल्लाको व्यास नगरपालिका अन्तर्गत पर्ने कुटी क्षेत्रको भ्रमण गरेका थिए । मोदी उक्त क्षेत्रको बाटो हुँदै कैलाश मानसरोवर गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार