Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - सरकारबाट गरिने पक्षपातले द्वन्द्व र अराजकता निम्त्याउँछ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका निम्ति सरकारभन्दा पनि जनता महत्वपूर्ण हुनुपर्ने बताएका छन् ।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले राजनीतिक दलहरू जनताले आफैं शासन गर्नका लागि खोलेका संस्था भएको बताए ।

अध्यक्ष ओलीले भने,'राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था हुन् । त्यसकारण राजनीतिक दलका निम्ति सरकार भन्दा जनता ज्यादा महत्त्वपूर्ण हुनुपर्दछ। राजनीतिक दलहरूले केबल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालीन राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ । यस सन्दर्भमा राजनीतिक दललाई आफैँलाई निरन्तर केही गम्भीर प्रश्नहरू सोधिरहनुपर्दछ ।'

अध्यक्ष ओलीले कुनैपनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रियस्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए ।

सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रबर्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने उनले विश्वास व्यक्त गरे । धर्म, संस्कृति, परम्परा तथा सामाजिक मूल्यले मानवताले एकताको सूत्रमा बाँध्ने ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077