Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भन्सार छलीको १० लाख बराबरको औषधि बरामद

काठमाडौं । प्रहरीले पश्चिम नवलपरासीबाट भन्सार छली गरेर नेपाल भित्र्याएको १० लाख बराबरको औषधि बरामद गरेको छ ।

इलाक प्रहरी कार्यालय महेसपुरको गस्ती टोलिले सिमानाका क्षेत्रमा चेकिङको क्रममा औषधि बरामद भएको हो ।

जिल्लाको भारतीय सीमावर्ती पाल्लिनन्दन गाउँपालिका-१, बन्धाबाट विभिन्न ९ प्रकारको औषधि बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बरामद भएको औषधि भन्सार कार्यालय महेसपुरमा बुझाइने छ ।

भन्सार छली गरेको औषधि बरामद भएपनि तस्करीमा संलग्न व्यक्ति भने सामान छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077