Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भारतमा मिनिबस कन्टेनरमा ठोक्किँदा १२ जनाको मृत्यु

    भारतमा मिनिबस कन्टेनरमा ठोक्किँदा १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 555
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

    महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो ।



    दुर्घटनामा अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ ।



    प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार