Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ चीन प्रस्थान

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

चीनले आयोजना गर्न लागेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) सहभागी हुन पूर्वप्रधानमन्त्री समेत रहेका खनाल गएराति चीन प्रस्थान गरेका हुन् ।

चीन भ्रमणका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताका साथै विभिन्न मुलुकबाट आउने राष्ट्रप्रमुख र विदेश विभागका प्रमुखहरुसँग भेटघाट गर्ने छन् ।

चीनको औपचारिक भ्रमण सकेर खनाल अक्टोबर २२ अर्थात कात्तिक ५ मा नेपाल फर्कने कार्य तालिका छ । नेता खनालसँगै रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज संग्रौला चीन भ्रमण टोलीमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077