Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ आज, आचार्यलाई पहिलो नागरिकता !

    गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ आज, आचार्यलाई पहिलो नागरिकता !

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 708
    SHARES

    काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता वितरणको आज शुभारम्भ हुने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्न लागेका हुन् । पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरिने भएको छ ।



    आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् । यस्तै आजबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेसन काठमाडौंमा सुरु हुँदैछ ।



    पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार