Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेलले गरे एनआरएनएको महाधिवेशन उद्घाटन

    राष्ट्रपति पौडेलले गरे एनआरएनएको महाधिवेशन उद्घाटन

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 702
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ विश्व सम्मेलन उद्घाटन गरेका छन् ।

    मंगलबारदेखि राजधानीमा सुरु भएको एनआरएनए को ११ औँ विश्व सम्मेलनलाई राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।



    सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी, सांसदहरु, कूटनीतिक नियोगका कात्तिक ३ सम्म चल्ने सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम छ ।



    सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ ।

    यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने छ। पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार