Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पाँच महिनामा ११ अर्ब ८० करोडको विद्युत भारत निर्यात, असोजमा मात्र ४ अर्बको

    पाँच महिनामा ११ अर्ब ८० करोडको विद्युत भारत निर्यात, असोजमा मात्र ४ अर्बको

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 423
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।



    प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोज ३ महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपियाँको विद्युत भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपियाँको विद्युत निर्यात गरिएको छ ।



    तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपियाँ २७ पैसा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार