Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आलिया र कृति सर्वोत्कृष्ट अभिनेत्री, अल्लु अर्जुन सर्वोत्कृष्ट अभिनेता

    आलिया र कृति सर्वोत्कृष्ट अभिनेत्री, अल्लु अर्जुन सर्वोत्कृष्ट अभिनेता

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 609
    SHARES

    काठमाडौं । बलिउड अभिनेत्री आलिया भाट र कृति सनोन सर्वोत्कृष्ट अभिनेत्रीबाट सम्मानित भएकी छन् । उनीहरुले सर्वोत्कृष्ट अभिनेत्री विधातर्फ भारतको नेसनल फिल्म अवार्ड पाएकी हुन् । वेश्यालय सञ्चालकको कथामा आधारित गंगुबाई काठियावाडी चलचित्रको मुख्य भूमिकाका लागि आलियालाई पुरस्कृत गरिएको हो भने सनोनलाई मिमी चलचित्रबाट सम्मान प्रदान गरिएको हो ।

    भारत सरकारद्वारा दिइने यो पुरस्कार भारतको चलचित्र उद्योगका लागि प्रतिष्ठित मानिन्छ । भारतको नयाँदिल्लीमा मंगलबार आयोजित नेसनल फिल्म अवार्डको ६९ औं समारोहमा विभिन्न ४६ विधामा अवार्ड वितरण गरिएको थियो । भारतकी राष्ट्रपति द्रोपदी मुर्मूले पुरस्कार दिएकी थिइन् ।



    त्यस्तै दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले पुष्पा ः द राइजका लागि सर्वोत्कृष्ट अभिनेताबाट सम्मानित भए । गोदावरी चलचित्रका निर्देशक निखिल महाजनले सर्वोत्कृष्ट निर्देशक, ‘रकेट्री’ लाई बेस्ट फिचर फिल्म, आवसाव्युहम्लाई वातावरण संरक्षणसम्बन्धी सर्वोत्कृष्ट फिल्म विधाको पुरस्कार दिइएको थियो ।



    त्यस्तै साठीदेखि सत्तरी दशककी सफल बलिउड अभिनेत्री वहिदा रहमानलाई दादासाहेब फाल्के लाइफ टाइम अवार्डबाट सम्मानित गरियो । वहिदाका प्यासा, कागजके फूल, गाइड, नीलकमल, खामोसी, रेश्मा और शेरालगायतका सिनेमामा निकै चर्चित मानिन्छन् । उनले सन् १९७१ मा रेश्मा और शेराका लागि सर्वोत्कृष्ट अभिनेत्री विधामा नेसनल फिल्म अवार्ड पाएकी थिइन् ।

    पुरस्कार समारोहमा आलिया अवार्ड थाप्न पति रणवीर कपुरसँगै समारोहमा पुगेकी थिइन् । ११ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री आलियाले नेसनल फिल्म अवार्ड, फिल्मफेयर अवार्ड, जी सिने अवार्ड, इफा अवार्डलगायत हालसम्म ५० बढी अवार्ड प्राप्त गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार