Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बलिउड अभिनेत्री शेट्टीको जन्मदिनमा रोमान्टिक भए राकेश, काखमा उठाएर गरेको चुम्बन भयो भाइरल

    बलिउड अभिनेत्री शेट्टीको जन्मदिनमा रोमान्टिक भए राकेश, काखमा उठाएर गरेको चुम्बन भयो भाइरल

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । बलिउड अभिनेत्री शमिता शेट्टीले बिग बोस नजिते पनि उनको नाममा प्रेमको चिठ्ठा परेको छ । शमिता शेट्टी र राकेश बापटको जोडीलाई मानिसहरूले धेरै माया दिएका छन् ।

    यो जोडी बिग बोसमा मात्र सीमित छैन, घरबाट बाहिर निस्केपछि पनि उनीहरूको प्रेम कायमै छ । शमिताले आज आफ्नो ४३ औँ जन्मदिन मनाइरहेकी छिन् र अभिनेत्रीको जन्मदिनमा राकेश निकै रोमान्टिक बनेका छन् ।



    शमितालाई फ्यानबाहेक सबै सेलिब्रेटीले आ–आफ्नो शैलीमा बधाई दिइरहेका छन् । यसैबीच, जन्मदिनको यो विशेष अवसरमा शमिताको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी आफ्ना प्रेमी तथा अभिनेता राकेश बापटसँग रोमान्स गरिरहेको देखिन्छिन् । यस भिडियोमा दुवै रोमान्टिक मुडमा देखिएका छन् ।



    सार्वजनिक भएको भिडियोमा शमिताले गाढा खैरो रंगको वन पीस गाउन लगाएको देख्न सकिन्छ । कालो शर्ट र सेतो प्यान्टमा राकेश निकै स्मार्ट देखिन्छन् ।
    भिडियोको सुरुमा राकेश (शमिता शेट्टी)ले क्यामेराको अगाडि शमितालाई पहिले किस गर्छन्। यसपछि अभिनेत्रीले उनको गालामा चुम्बन पनि गरिन् ।

    दुबैको केमेस्ट्रीलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । शमिता शेट्टी र राकेश बापटको किसिङ भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । यससँगै उनीहरुले लगातार विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार