Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ‘बिग बोस’को नाममा ठगीधन्दा

    ‘बिग बोस’को नाममा ठगीधन्दा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.1K
    SHARES

    एजेन्सी। टेलिभिजन रियालिटी शो ‘बिग बोस’को नाममा ठगीधन्दा चलेपछि निर्माताहरु यतिबेला तनावमा देखिएका छन् ।

    यो शो हिन्दीका अलावा तमिल, तेलुगु, मराठी, कन्नड, मलयालम र बांग्ला भाषामा पनि प्रसारण हुन्छ । यी शो मा फिल्म उद्योगका चर्चित कलाकारहरु होस्ट छन् ।



    ‘बिग बोस’को नाममा ठगीधन्दा सुरु भएको  थाहा पाएपछि ‘बिग बोस’ निर्माता एण्डोमोल शाइन प्रोडक्सनले पत्रिकामा स्पष्टीकरण पत्रको सूचना नै निकालेको छ ।



    केही व्यक्तिले ‘बिग बोस जम्मु’ नामबाट एक शो चलाउने सम्पूर्ण तयारी पुरा गरेका छन् ।

    ‘‘बिग बोस हाम्रो ट्रेडमार्क हो र हामीलाई केही व्यक्तिले बिग बोस जम्मू नामबाट एक शो शुरु गर्न लागेको खबर आएको छ । यो शो हामीसँग कुनै पनि किसिमले सम्बन्धित छैन । हाम्रो अनुमति बिना नै बिग बोसको नाम प्रयोग गर्नु गैर कानूनी हो । हामी आम मानिसहरुलाई यस्तो शोमा सहभागिता नजनाउन अनुरोध गर्दछौं’, पत्रमा लेखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार