Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ‘बिग बोस १६’को उपाधि र्‍यापर स्टानलाई, जिते ३१ लाख भारु

    ‘बिग बोस १६’को उपाधि र्‍यापर स्टानलाई, जिते ३१ लाख भारु

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 495
    SHARES

    एजेन्सी । भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस १६’को उपाधि र्‍यापर एमसी स्टानले जितेका छन्। स्टानले उपाधिसहित ३१ लख भारु र एउटा लक्जरी कार पाएका छन्।

    ‘शो’ मा शिव ठाकरे उपविजेता भए। चार महिनासम्म चलेको ‘शो’मा प्रियंका चाहर चौधरी, ठाकरे र स्टानले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गरेका थिए।



    प्रियंका अन्तिम ३ बाट बाहिरिइन्। सबैभन्दा बढी मत पाएर स्टानले उपाधि जितेका हुन्। धेरैले यो सिजनको उपाधि प्रियंकाले जित्ने अनुमान गरेका थिए। अभिनेता सलमान खानले ‘बिग बोस १६’ को उपाधि प्रियंकाले जित्न नसके पनि आफ्ना लागि वास्तविक विजेता प्रियंका नै भएको बताएका छन्।



    शोको फाइनलमा सलमानले आफ्नो नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को गीत ‘नैयो लग्दा’ सार्वजनिक गरे। सार्वजनिक गीतमा सलमानले अभिनेत्री पूजासँग स्क्रिन रोमान्स गरेका छन्। गीतमा हिमेश रेशमियाले संगीत दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार