Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • समान्थाले तेलुगू भर्सनको ‘बिग बोस ’ होस्ट गर्ने

    समान्थाले तेलुगू भर्सनको ‘बिग बोस ’ होस्ट गर्ने

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । दक्षिण भारतीय अभिनेत्री समान्था रुथ प्रभु दर्शकमाझ रुचाइएकी अभिनेत्री हुन् भन्दा फरक नपर्ला । हालै फिल्म ‘पुष्पा’को गीत ‘ओ अन्टावा’मा आइटम गर्लका रुपमा देखिएकी समान्थालाई दर्शकले उत्तिकै मनपराए ।

    उनै समान्थाले तेलुगू भर्सनको ‘बिग बोस ’ होस्ट गर्ने भएकी छन् । ‘बिग बोस’ तेलेगु ६ को तीन सिजन ३, ४ र ५ नागार्जुन अक्किनेनीले होस्ट गरेका थिए ।



    ‘बिग बोस’को हिन्दी भर्सनमा दर्शकले अभिनेता सलमान खानलाई रुचाएजस्तै तेलुगु भर्सनमा नागार्जुनलाई उत्तिकै रुचाइन्छ ।



    समान्थाले होस्ट गर्ने भएपछि दक्षिण भारतीय फिल्मको बजार गर्माएको छ । सबैको चासो के समान्थाले आफ्ना पूर्व ससुराले राखेको बिग बोसको इज्जतलाई कायम गर्न सक्छिन् भन्नेमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार