Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उर्फी जावेदको गुनासो– ‘पोर्नस्टार भनेर बाबुले शारीरिक र मानसिक यातना दिए’

    उर्फी जावेदको गुनासो– ‘पोर्नस्टार भनेर बाबुले शारीरिक र मानसिक यातना दिए’

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । उर्फी जावेद बिग बोस ओटीटीकी प्रतिस्पर्धी तथा सामाजिक सञ्जाल मिडियाकी इन्फ्लुएन्सर हुन्। बिग बोसका कारण उनी निरन्तर चर्चामा रहेकी छिन्।

    हालै उनले आफ्नो जीवनको अध्याँरा पलहरुलाई स्मरण गरेकी छिन्। जावेदले आफ्नो कठिन संघर्षको स्मरण गरेकी हुन्। उनले परिवारले आफूलाई पोर्नस्टारको संज्ञा दिएको गुनासो गरेकी छिन्।



    एक अन्तरवार्तामा उनले एडल्ट वेभसाइटमा फोटो अपलोड भएपछि परिवारले पोर्नस्टारको संज्ञा दिएको खुलासा गरेकी छिन्। संघर्षका दिनहरुमा आफूलाई परिवारको साथ नमिलेको जावेदको गुनासो छ।



    एडल्ट वेभसाइटमा उर्फीको फोटो अपलोड भएपछि उनलाई परिवारले पोर्नमा काम गरेको सम्झन्थे। त्यसैकारण उनीमाथि शारीरिक र मानसिक हमला भएको उनले बताइन्। आफन्तले उनलाई पोर्नस्टार भनेर बोलाउन पनि थालेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार