Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एनआरएनए विवाद : आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा

    एनआरएनए विवाद : आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा

    अनलाइन नेपाल
  • आइतबार, ५ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा (आरके) को नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो ।

    समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।



    महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।



    कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।

    यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् ।

    शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार्न नसकिने बताएका थिए । लगत्तै समानान्तर समिति घोषणा गरेका हुन् ।

    उनीहरुले अध्यक्ष बद्री केसीले भेरो नामक विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार