Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीमफेदीमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । मकवानपुरको भीमफेदीमा स्कुटर दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधबार बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर आफैँ अनियन्त्रीत भएर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको थियो।

उनका अनुसार काठमाडौंबाट हेटौंडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियोे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077