Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको चियापान कार्यक्रम सर्‍यो, अब १५ गते हुने

काठमाडौं । नेकपा एमालेको चियापान कार्यक्रम निर्धारित समयमा नहुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो ।

अब १५ गते एमालेको चियापान कार्यक्रम हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट आयोजना हुने सो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम यसअघि १४ गतेका लागि तय गरिएको थियो ।

सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण रहेकाले त्यसलाई मध्येनजर गरी चियापान कार्यक्रम एक दिन पछि सारिएको बताइएको छ ।

चियापान कार्यक्रम एमाले मुख्यालय च्यासल ललितपुरमा आउने बुधबार दिउँसो १२ः१५ देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077