Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हत्या आरोपमा दुई भारतीय नागरिक पक्राउ

महोत्तरी । महोत्तरी प्रहरीले हत्याको आरोपमा दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ ।

बिहीबार मृत फेला परेको महोत्तरी पिपरा गाँउपालिका-५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको हत्याको आरोपमा दुई भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।

भारत बिहार राज्य जिल्ला मधुबनि जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र मधुबनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरु दुबैजना पिपरा गाँउपालिका-५ स्थित आफ्नै मामा सुरेश मलिकको घरमा बस्दै आएका थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धानपछि सो घटनामा संलग्न रहेको खुलासा भएको महोत्तरी प्रहरीले जनाएको छ ।

युवक पासवानको शव हिजो साँझ स्थानीय जगदिश साहको खाली खेतमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077