Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • युरोपियन लिग खेलिसकेका डियाग्ने धनगढी एफसीमा अनुबन्धित

    युरोपियन लिग खेलिसकेका डियाग्ने धनगढी एफसीमा अनुबन्धित

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 534
    SHARES

    काठमाडौं । धनगढी एफसीले युरोपियन लिग खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ ।

    ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रुपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो ।



    यसअघि धनगढी एफसीले नेपाली फुटबलमा प्रभाव पारेका ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ ।



    युरोपको विभिन्न चर्चित क्लबहरुबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाइन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग समेत खेलेका थिए ।

    सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४ क्याप जितेका छन् । उनले खेलेको खेलहरुमा सेनेगल अपराजित रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार