Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपाल सुपर लिग : पोखरासँग धनगढी पराजित

    नेपाल सुपर लिग : पोखरासँग धनगढी पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 705
    SHARES

    काठमाडौं । पोखरा एफसीसँग इन्जुरी समयमा गोल खाएपछि धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा पुग्नबाट चुकेको छ ।

    पोखराका मोसे ग्याबाहले इन्जुरी समयमा गोल गरेपछि धनगढी १–१ को बराबरीमा रोकिएको हो। यो बराबरीले पोखरा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ।



    बराबरीपछि पोखरा ८ खेलबाट १५ अंक जोडेर लिगमा पहिलो भयो र पहिलो क्वालिफायर खेल्नेछ । ८ खेलबाट १३ अंक जोडेको धनगढी दोस्रोमै छ ।



    धनगढीको उपविजेता हुँदै क्वालिफायर खेल्ने संभावना छ । तर उसले वीरगञ्ज र चीतवनबीचको खेलको नतिजामा भर पर्नु पर्छ।

    पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ ।

    ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् । पोखरासँगको खेलमा ४२ औं मिनेटमा गोल गर्दै मिलन राईले अग्रता दिलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार