Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भालु आक्रमणमा परी गम्भीर घाइते भएका राईलाई भेट्न अस्पताल पुगे मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भालुको आक्रमणबाट गम्भीर घाइते भएका अमृत राईलाई भेटेका छन्।

भोजपुर खार्ताम्छा निवासी ३२ वर्षीय अमृत राई भालुको आक्रमणमा परि गम्भीर घाइते भएका थिए। विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत थिए।

आज मन्त्री किरातीले उनलाई अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन्।

किरातीले अस्पतालमा राईको स्वास्थ्य अवस्थाबारे बुझ्नका साथै प्रतिष्ठानको समसामयिक समस्याबारेमा सम्बद्ध अधिकारीसँग छलफल गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077