Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो ।

मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने बताइएको् छ ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा बैठकले उम्मेदवार सिफारिस गर्नेछ ।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि ३ महिने अभियानबारे समेत समीक्षा हुने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077