Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्ध्र प्रदेश रेल दुर्घटना : १३ जनाको मृत्यु, ५० घाइते (अपडेट)

काठमाडौं । आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

आइतबार राति विशाखापट्टनम–पलासा र विशाखापट्टनम–रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सो दुर्घटना पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।

यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाईन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।
गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077