Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल प्रहरीका सई जुवाखालबाटै पक्राउ, निलम्बन गर्ने तयारी

कञ्चनपुर । नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) जुवाखालबाट पक्राउ परेका छन् । आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा सई पदम थापा पक्राउ परेका हुन् ।

उनी लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरमा कार्यरत रहेको खुलेको छ । स्रोतका अनुसार पक्राउ परेका थापालाई निलम्बन गर्ने तयारी भएको बताइएको छ ।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो । यस्तै थापासहित आठजना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा थापा, पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे रहेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैयाँ नगद, १ गड्डी तास, मोटरसाइकल ६ थान र स्कुटी १ थानसहित उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077