Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सञ्जिला यादवलाई मधेश प्रदेश सभाको सांसद बनाउने जसपा निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उनको स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकमा संसद्‌मा रहेका विभिन्न विधेयकहरूबारे पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077