Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • सबै जिल्ला कमिटीको अधिवेशन माघभित्र गर्ने एमालेको निर्णय

    सबै जिल्ला कमिटीको अधिवेशन माघभित्र गर्ने एमालेको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 441
    SHARES

    काठमाडौं । नेकपा एमालेले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ ।

    पार्टीको संगठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्णय गरेको हो ।



    एमाले संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलका अनुसार पार्टीले सबै जिल्ला र पालिका तहलाई माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउनसमेत निर्देशन दिएको छ ।



    त्यस्तै पार्टीका जनसंगठनको प्रदेश तथा जिल्ला तहका अधिवेशन आगामाी मङ्सिर र वडा कमिटीको अधिवेशन चैत मसान्तभित्र आयोजना गर्ने निर्णय गरेको उनले बताए ।

    एमालेले भर्खरै मात्रै सात प्रदेश कमिटीको अधिवेशन सम्पन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार