Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् ।

ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाए ।

उनले २६ बलमा १ चौका र ६ छक्काको मद्दतमा अर्धशतक प्रहार गरे। खेलमा नेपालले तीन विकेट गुमाएको छ।

ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए। ५.३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेख २३ बलमा १ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे। कप्तान रोहित पौडेलले २ रन मात्र जोड्न सके।

नेपालले तेस्रो विकेट गुमाउँदा १३.५ ओभरमा ३ विकेटको क्षतिमा १३३ रन जोडेको स्थिति थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो।

उत्कृष्ट सुरुवात गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो। त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077