Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप छनोटमा युएईको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत एसिया छनोटमा युएईले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार मूलपानी क्रिकेट मैदानमा कुवेतले दिएको ८९ रनको लक्ष्य युएईले ३४ बल बाँकी रहदै भेटयो ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेटको क्षतिमा ८८ रन मात्रै बनाएको थियो । जितसँगै समूह 'बी'मा रहेको युएईको सेमिफाइनल सम्भावना बलियो भएको छ ।

तर मंगलबार बिहानको खेलमा हङकङ बहराइनसँग पराजित भएकाले सेमिफाइनल पुग्न युएईले समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । बुधबार युएईले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ ।

एक खेल जितेर दुई अंक जोडेको हङकङ अंकतालिकाको तेस्रो स्थानमा छ भने एक खेल नै जितेर उति नै अंक जोडेको बहराइन दोस्रो स्थानमा छ ।

पहिले खेलमा बहराइनलाई हराएको युएई लगातार जितसहित ४ अंक जोडेर पहिलो स्थानमा छ । समूह 'ए'मा भने अन्तिम खेल हुनु अगाडि नै ओमान र नेपाल सेमिफाइनल पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077