Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साउदी अरेबियाले २०३४ को फिफा विश्वकप आयोजना गर्ने

काठमाडौं । साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने तयारी गरेको छ।

आयोजना दाबीको घोषणा गर्ने अन्तिम मितिभन्दा केही घण्टाअघि मात्र अस्ट्रेलियाले प्रतियोगिता आयोजना गर्न दाबी नगर्ने निर्णय सार्वजनिक गरेको हो।

फुटबल अस्ट्रेलियाले सन् २०२६ मा एएफसी महिला एसियन कप र २०२९ मा क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ।

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ। २०३० को विश्वकपका खेल मोरक्को, पोर्चुगल, स्पेन, अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा गरी ६ देशमा हुनेछन्।

फिफाले २०३४ को विश्वकप एसिया वा ओशिनियामा हुने बताएको थियो। अस्ट्रेलियाको दाबीलाई साउदी अरेबियाको एक मात्र सम्भावित चुनौतीको रूपमा मानिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077