Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनका विषयमा गुटेरेसको सम्बोधन नेपालका लागि निकै राम्रो'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्‌मा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनलगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको बताए ।

नेपालको राम्रो मूल्याङ्कन गरेको, विपन्न राष्ट्रहरूलाई सम्पन्न राष्ट्रहरूले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले विशेष प्रशंसा गरेको ‌उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077